आरएसडीसी लघुवित्तको खुद नाफा ६२.३४% ले बढ्यो |
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा आरएसडीसी लघुवित्तको खुद नाफा ६२.३४% ले बढेर ७ करोड ९४ लाख १४ हजार रुपैयाँ कायम भएको छ ।
गत वर्षको यसैअवधिमा भने यसले ४ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा सुधार भएपछि खुद नाफा बढेको हो ।
खुद ब्याज आम्दानी ५६.३४% र सञ्चालन नाफा ६२.८९% ले बढेको छ । पुस मसान्तसम्म आइपुग्दा यस कम्पनीको वितरणयोग्य नाफा पनि ७५.२१% ले बढेर ६ करोड ५८ लाख रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ४५ पैसा रहेको छ ।