यति एअरलायन्सको विमान दुर्घटनाप्रति जसपाद्वारा दुख व्यक्त |
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आइतबारको यति एअरलायन्सको विमान दुर्घटनाप्रति दुख व्यक्त गरेको छ ।
पार्टीका कार्यालय प्रमुख प्रकाश अधिकारीले शोक वक्तव्य जारी गर्र्दै दुर्घटनामा परि ज्यान गुमाएका मृतकहरुमा हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनहरुमा समवेदना व्यक्त गरेका छन् ।
साथै सरकारले समयमै सचेतना अपनाई दुर्घटना न्युनिकरण (रोक्ने) ठोस प्रविधि एवम् उपायहरु अपनाउनुपर्ने आवश्यक्तातर्फ सरकारको ध्यानाकर्षण गराइएको छ ।