भारतबाट महंगिएर आयो पेट्राेलकाे मूल्य, डिजेल भने केहि सस्तियाे |
काठमाडौं । भारतबाट पठाइएकाे नयाँ मूल्य सूची अनुसार पेट्राेलकाे मूल्य बढेकाे छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रलियम पदार्थकाे नयाँ मूल्य सूची पठाएको हाे ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य बढेको छ । आइतबार पठाइएको सूचीमा डिजेलको मूल्य भने घटाइएकाे छ ।
नयाँ लागत मूल्य सूचीमा पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेको छ । यसैगरी, डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटाएर पठाइएको निगमले जनाएको छ ।
यद्यपी नेपाल आयल निगमले नेपालमा मूल्य घटाउने वा बढाउनेबारे निर्णय नगरेको बताएको छ । हाल नेपालमा एक लिटर पेट्राेलकालागि १७५ रूपैयाँ र डिजेलकालागि १७२ रूपैयाँ तिर्नुपर्दछ।