लेखा समितिले वाइड बडी घोटाला बारे छानबिन गर्ने, उप समिति गठन |
काठमाडौं । संसदको लेखा समितिले नेपाल वायु सेवा निगमको वाइड बडी जहाज खरिद प्रकरणमा भएको घोटाला छानबिन गर्ने भएको छ । जसका लागि समितिको बुधबारको बैठकले सात सदस्यीय उपसमिति गठन गरेको छ ।
सांसद राजन केसीको संयोजकत्वमा गठित समितिमा सांसदहरु कृष्णलाल महर्जन, चन्दा चौधरी, प्रेम आले, मिना सुब्बा र धर्म्शिला चापागाई लगायत रहेका छन् ।
उप समितिलाई १५ दिन भित्र छानबिन प्रतिवेदन बुझाउन समय दिईएको छ ।
लेखा समितिका सभापति भरतकुमार साहले जहाज किन्दा ’प्रकृया मिचेको’ तथा ’अनियमितता गरेको’ शंका लागेकाले खरिद प्रकृया बारे विस्तृत विवरण लिन छानबिन समिति गठन गरिएको जानकारी दिए ।