सिटिजन्स बैंक इन्टरनेसनलद्वा वुमन एक्ट नामक संस्थालाई सहयोग |

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले वुमन एक्ट नामक गैरसरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । वुमन एक्टको केन्द्रीय कार्यालय टुसाल, महाराजगंजमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीराजनसिंह भण्डारीको उपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले एक लाख रुपैयाँको चेक संस्थाका संचालक सृजना अधिकारीलाई हस्तान्तरण गरेकी छन् ।
भूकम्प प्रभावित क्षेत्रका महिलालाई आर्थिकरूपले सबल बनाउनका निम्ति उक्त रकम प्रयोग गरिने संस्थाका संचालक अधिकारीले बताइन् । निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक जस्ता क्षेत्रमा सकारात्मक योगदान दिन सहयोग गर्ने जनाएको छ ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा हित बैंकिङ इकाईहरुबाट करिब ३ लाख ५० हजार ग्राहकलाई सेवा दिँदै आएको छ ।