सोलुखुम्बुको नेचासल्यानको नेचाविहिबारेमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा |

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नं ३ नेचाविहिबारेमा शाखा विस्तार गरेको जानकारी दिएको छ ।
नयाँ शाखा खोलेसँगै बैंकको कूल शाखा संख्या २०९ वटा पुगेको छ । देशभरका ७७ मध्ये बैंकले ७४ जिल्लामा आफ्नो उपस्थिती पनि जनाएको छ ।
बैंकले १६५ वटा एटिएम र ९३ वटा शाखारहीत बैंकिङ कार्यालयबाट वित्तीय सेवा दिँदै आएको प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ ।
बैंकले हाल १ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।