नियमित विद्युत नहुँदा उद्योग संचालनमा समस्या |
विराटनगर । विद्युत आपूर्तिमा केहि समययता भएको निरन्तरको अवरोधले उद्योग व्यवसाय सञ्चालनमा कठिनाई भएको उद्योगी व्यवसायीहरुले बताएका छन् । शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश नं १ संघले यस्तो बताएको हो ।
उद्योग व्यवसाय क्षेत्रमा दैनिक १० देखि १५ पटकसम्म हुने ट्रिपिङ तथा दैनिक रुपमा ७ देखि ८ घण्टासम्म विद्युत आपूर्तिमा भएको कटौतीले मरणासन्न अवस्थामा पुगेको उनीहरुले बताएका छन् ।
ुबैंक तथा वित्तिय क्षेत्रमा विद्यमान समस्या समाधानका लागी आन्दोलनरत नीजि क्षेत्र नयाँ सरकारको गठन भएसँगै समस्या समाधानमा सकारात्मक पहलहुने कुरामा आशावादी रहदै पर्ख र हेरको अवस्थामा पुनः विद्युत आपूर्तिमा अवरोध भई उद्योगी व्यवसायी माथि बज्रपात थपिएको छ,ु विज्ञप्तिमा भनिएको छ ।
उनीहरुले विज्ञप्तिमार्फत उद्योग व्यवसाय क्षेत्र विद्यमान अघोषित विद्युत कटौती तथा ट्रिपिङको समस्या अविलम्ब समाधान गर्न माग गरेका छन् ।