नेपालमा बसोबास गर्नेले विदेशमा सेयर बजार र घरजग्गामा लगानी गर्न नपाउने |
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी गरेको पाइएमा कारबाही गर्ने जनाएको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार एक सूचना जारी गर्दै विदेशमा लगानी गर्ने कार्य नगर्न सूचीत गराएको हो ।
विदेशी विनिमय ऐन, २०१९ को दफा १० क ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको छ । सोही ऐनको दफा ९ ग ले केन्द्रीय बैंकले तोकेको व्यवस्था बमोजिम बाहेक नेपालमा बसोबास गर्ने व्यक्तिले विदेशमा भुक्तानी दिनेसम्बन्धी कार्य गर्न प्रतिबन्धित गरेको छ ।
‘विदेशमा घर–जग्गा खरिद, घितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगाएतका पुँजीगत प्रकृतिका कारोबार र यस बैंकले तोकिदिएको व्यवस्था बमोजीम बाहेक विदेशमा भुक्तानी हुनेसम्बन्धी कार्य नगर्न एवम् त्यस्तो कार्य गर्ने वा गराएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुनेछ’, सूचनामा उल्लेख गरिएको छ ।