पानासोनिक लाइफ सोलुसन इन्डियाको शोरूम संचालनमा, २०२३ सम्ममा ३१ शोरुम पुर्याउने लक्ष्य |
काठमाडौं । पानासोनिक लाइफ सोलुसन्स इन्डियाले नेपालमा पहिलो पटक शोरुम संचालनमा ल्याएको छ । कम्पनीले सार्क क्षेत्र २१ औ र नेपालमा पहिलो एक्सक्लुसिभ हाउजिङ सोलुसन फेजाइज सोरुम संचालनमा ल्याएको हो ।
इसिएम स्पेस बाहेक कम्पनीले भारतमा विभिन्न प्रकारका स्मार्ट इलेक्ट्रोनिक्स, पावर हाउजिङ, इनर्जी होम अटोमेसन सोलुसनमा काम गर्दै आएको छ । अत्याधुनिक उत्पादन डिजाइनका साथ शोरुमले उत्कृष्ट–स्तरीयः मोड्युलर किचेन्स,वार्डरोब, इलेक्ट्रोनिक ट्वाइलेट सिट (इटिएस) लगा सुकाउने प्रणाली, रिमोट सुन याफ जस्ता उन्नत पानासोनिक हाउजिङ सोलुसन जस्ता आकर्षक छनोट सहितका उत्पादनहरु सोरुममा उपलब्ध गराउने छ ।
कम्पनीले अर्को पुस्ताको प्रविधिको अनुभव लिन सहज बनाउदै आवासीय, व्यवसायिक र औद्योगिक क्षेत्रका लागि जुला याक र सिटेड शावर जस्ता उत्पादन पनि ल्याउने छ । प्राविधिक ज्ञान भएका उपभोक्ता माझ नवीन आवास समाधानहरुको माग बढ्दै गइरहेको छ । कम्पनीले सहरी उपभोक्ताहरुलाई लक्षित गर्दै समग्रमा फर्स्ट स्याण्ड अनुभव मार्फत नवीन घरेलु समाधानहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।
पानासोनिक लाइफ सोलुसन्सको विश्वव्यापी विशेषज्ञताका कारण काठमाडौंका रियल इस्टेट संग सम्बन्धीत आर्किटेक्टहरु, इन्टेरियर डिजाइनरहरु र उपभोक्ताहरुलाई अनुपम अनुभव प्रदान गर्ने उत्प्रेरकको काम गर्नमा हामि विश्वस्त छौं । परिष्कृत सुरक्षा, आराम र सुविधाको कारण रणनीतिक रुपमा अवस्थित पानासोनिक साइफ सोलुसन्सको शोरुम घरलाई सुन्दर र जीवनलाई सहज बनाउन आवश्यक उत्पादन हरु तथा समाधानहरुको विस्तृत श्रृंखला पूर्ण हुने कम्पनीले जनाएको छ ।
पानासोनिक होम एण्ड लिभिङका लागि काठमाडौंको सोरुम रुक्मणी इन्टरनेशनल फ्रेन्चाइजीका साझेदार आदित्य बुधियाले भने, रुक्मणी इन्टरनेशनल नयाँ साझेदारीबाट निकै उत्साहित छ । पानासोनिक लक्जरी कलम किचेन्सहरु एशियाली घरहरुका लागि साँच्चै एशियाली किचनहरु हुन्, जसले राम्रो डिजाइन गरिएका गुणस्तरीय किचनहरुमा कार्यक्षमता खोज्ने ग्राहकहरुको माग पुरा गर्ने कम्पनीले जनाएको छ ।
पानासोनिक लिभिङ स्टोर रुक्मणी इन्टरनेशनल, तारा भवन, प्रकास फार्मेसी नजिकै टेकुमा रहेको शोरुममा हाम्रो उत्पादनको डिस्प्ले गरिएको छ । काठमाडौका ग्राहकहरुले अब सहरको मध्य भागमा रहेको शोरुमः पानासोनिक लिभिङ स्टोरको टेकुमा प्रकाश फार्मेसी संगै रहेको तारा भवनमा रुक्मणी इन्टरनेशनलमा ग्राहकले भ्रमण अनुभव गर्न सक्नेछन् ।