लोक सेवा आयोगद्वारा ३ सय ३५ जनाका लागि आवेदन खुल्ला |
काठमाडौं । लोक सेवा आयोगले ३ सय ३५ जनाको रोजगारीका लागि आवेदन खुल्ला गरेको छ । आयोगले बुधवार सार्वजनिक सूचना प्रकाशित गर्दै सो मात्रामा आवेदन खुलाएको हो ।
आयोगले न्याय सेवा र लेखा समूहमा दरखास्त खुलाएको हो । न्याय, कानून, सरकारी वकिलतर्फ खुल्लामा १४२ जना, महिलामा ३५ जना र आदिवासी जनजाति तर्फ ३२ जनाका लागि आवेदन खुल्ला गरेको छ । मधेशी २६ जना, दलित १३ जना, अपांग ६ जना र पिछडिएको क्षेत्रबाट ४ जनाका लागि दरखास्त आव्हान गरिएको छ ।