सामसुङको वासिङ मेसिनमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर्स र फ्रिजको कम्प्रेसरमा २० वर्षको वारेन्टी |
काठमाडौं । सामसङले वासिङ मेसिन मा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर र फ्रिजमा प्रयोग हुने डिजिटल इन्भर्टर कम्प्रेसरमा २० वर्षको वारेन्टी प्रदान गरिने भएको छ । पहिलो पटक यो नयाँ आयामको सुरुवात गरिएको कम्पनीले जनाएको छ।
आफ्ना उत्पादनहरूमा विश्वसनीयता र टिकाउपनलाई अझ मजबुद बनाएर ग्राहकहरूको मन जित्ने यो आयाम सुरु गरिएको कम्पनीको भनाइ छ। कम्पनीका अनुसार यसले ई-वेष्ट न्यूनीकरण गर्ने र उपभोक्ताहरूलाई उच्च गुणस्तरीय र टिकाउ उपकरणहरू प्रदान गर्दै दीगो जीवनशैली प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतालाई प्रस्तुत गरेको छ।
आधुनिक प्रविधिमा अग्रसर सामसङले आफ्ना प्रोडक्टहरुमा एडभान्स डिजिटल इन्भर्टर कम्प्रेसर र डिजिटल इन्भर्टर मोटर प्रयोग गरी आफ्ना उपकरणहरुको गुणस्तरलाई अझ मजबुद बनाए। उपभोक्ताको विश्वास सजिलै जित्ने कम्पनीको दावी छ।
सामसङको सस्टेनएबलिटी भिजनलाई आत्मसाथ गर्दै आफ्ना वासिङ मेसिन र रेफ्रिजरेटरहरूमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर्स र कम्प्रेसरहरूमा २० वर्षको वारेन्टी ल्याएको छ।
घरेलु उपकरणहरू बारम्बार प्रतिस्थापनले समय र ऊर्जा खर्च मात्र गर्दैन तर भौतिक फोहोर पनि उत्पादन गर्दछ, जुन आजको समयमा हाम्रो लागि ठूलो चुनौतीको रुपमा खडा भएको छ।
यो आयामले उपभोक्ताहरूको आत्मविश्वास जित्दै, कम्पनीको सामानहरुमा दीगोपनको बाचासहितको ई-वेष्टलाई न्यूनीकरण गर्ने विश्वास लिएको सामसुङ नेपालका कन्ज्युमर इलेक्ट्रोनिक्स व्यवसायका उपमहाप्रबन्धक आलोककुमार गुप्ताले बताए ।