नेशनल लाइफ र स्वरोजगार लघुवित्तको हकप्रद शेयर सूचिकृत |
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स र स्वरोजगार लघुवित्त विकास बैंकको हकप्रद शेयर सूचिकृत भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा दुवै कम्पनीको हकप्रद शेयर आज सूचिकृत भएको हो ।
यी दुई कम्पनीको कुल १ करोड ११ लाख ६१ हजार ४ सय ५४ कित्ता शेयर नेप्सेमा थपिएको हो । नेप्सेका अनुसार नेशनल लाइफ इन्स्योरेन्सको ९९ लाख ३६ हजार ४ सय ७७ कित्ता र स्वरोजगार लघुवित्तको १२ लाख २८ हजार ९ सय ७७ कित्ता हकप्रद शेयर चूचिकृत भएको हो ।