लुम्बिनी जनरल इन्सुरेन्सको बोनस सेयर घोषणा |

काठमाडौँ । लुम्बिनी जनरल इन्सुरेन्सले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ७% बोनस सेयर र कर तिर्न ०.३५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र लुम्बिनीको आगामी वार्षिक साधारण सभाबाबट अनुमोदन भएपछि वितरण हुनेछ । लुम्बिनी जनरल हाल सगरमाथा इन्सुरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ ।