जनता बैंकको साढे ८ प्रतिशत नगद लाभांश दिने घोषणा |
काठमाडौं । जनता बैंकले आफ्ना साधारण शेयरधनीहरूलाई ८.५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको २६७औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सो मात्रानमा लाभांश दिने निर्ण गरेको हो ।
बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ छ । नाफाबाट लगानीकर्ताले ६८ करोड रुपैयाँ नगद पाउनेछन् । बैंकले गत आर्थिक बर्षमा ९३ करोड ४७ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले अघिल्ला दुई आर्थिक वर्षमा पूँजी जुटाउन बोनस शेयर प्रदान गरेको भए पनि यस वर्ष पूँजी जुटेसँगै नगदमै जोड दिएको हो ।