ग्लोबल आईएमई बैंकले १० प्रतिशत ब्याजदरमा डेढ अर्बको ऋणपत्र निष्कासन गर्ने | अवधि ५ वर्षको, सर्वसाधारणका लागि ३ लाख कित्ता
काठमाडौं । ग्लोबल आईएमई बैंकले १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले साढे १० प्रतिशतको दर र ५ वर्षको अवधिका लागि ‘ग्लोबल आईएमई डिवेन्चर २०८०’ निष्कासन गर्न लागेको हो । बैंकले त्यसका नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
बैंकले सर्वसाधारणका लागि एक हजार रुपैयाँ दरमा ३ लाख कित्ता निष्कासन गर्ने बताएको छ । उक्त ऋणपत्रको निष्कासन तथा विक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । यसअघि बैंकले १० प्रतिशतको ब्याजदरमा ४० करोड रुपैयाँबराबरको ’ग्लोबल आईएमई बण्ड २०७६’ निष्कासन गरेको थियो ।