हिमालयन डिष्टिलरीको बुक क्लोज पुस ४ देखि ६ गतेसम्म |
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले आगामी पुस २५ गते वार्षिक साधारणसभा गर्ने भएको छ । सो प्रयोजनका लागि आगामी पुस ४ देखि ६ गतेसम्म दुई दिन शेयरधनी दर्ता किताव बन्द गर्न लागेको हो ।
संस्थाको आगामी वार्षिक साधारणसभाले शेयरधनीलाई २१.०१ प्रतिशत बोनस शेयर दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने भएको छ । साथै, साभाले पारित गर्ने उक्त नगद लाभांश शेयरधनी दर्ता किताबमा पुस ३ गतेसम्म नाम दर्ता कायम भएका शेयरधनीहरूले मात्र लिन पाउनेछन् ।