बोनसपछि सूर्योदय लघुवित्तको शेयर मूल्य समायोजन |
काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज समायोजन भएको छ । संस्थाले ४२.७५ प्रतिशत बोनसपछिको शेयर मूल्य समायोजन गरेको हो ।
समायोजनपश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता १००१.०५ रुपैयाँ छ । जसको आधार मूल्य प्रतिकित्ता ८७९.३२ रुपैयाँ रहेको थियो ।