२०२२ मा नेपालमा राकुटेन भाइबरः यो वर्षलाई परिभाषित गर्ने ट्रेण्डहरू |
निजी र भ्वाइस बेस्ड कम्यूनिकेशनमा विश्वकै अग्र स्थानमा रहेको राकुटेन भाइबरले २०२२ मा नेपाली प्रयोगकर्ताहरू र ब्राण्डहरूले भाइबर एप कसरी प्रयोग गरिरहेका छन् भनेर व्याख्या गर्ने मूल ट्रेण्डहरू सार्वजनिक गरेको छ । वृहत्तर जापनिज ई-कमर्शको स्वामित्वमा रहेको राकुटेन भाइबरको विश्वमा १ बिलीयनभन्दा बढी एन्ड्रोइड डाउनलोड रहेको छ । भाइबर एप ठूलो सङ्ख्यामा प्रतिष्ठित ब्राण्ड तथा प्रयोगकर्ताहरूको मूख्य रोजाईको एप पनि हो ।
लेन्स र स्टिकरहरूमार्फत् सृजना अभिव्यक्त गर्न पहिलो रोजाई
भाइबर स्टिकर र लेन्सहरूले प्रयोगकर्ताहरूलाई च्याट गरिरहेको समयमा सृजनात्मक रूपमा आफूलाई व्यक्त गर्न मद्दत पुर्याउँदछन् । भाइबरले आफ्नो प्लेटफर्ममा एक वर्षपहिले लेन्सहरू ल्याएको थियो र त्यसपश्चात, भाइबर लेन्सहरू करोडौँ प्रयोगकर्ताहरूले प्रयोग गरिरहेका छन् । अग्मेन्टेड रियालिटी र दृश्यात्मक सामाग्रीहरूको बढ्दो चल्तीलाई मध्य नजरमा राख्दै, भाइबरले ब्राण्ड र संस्थाहरूलाई आफ्नो छबि बलियो बनाउन र ब्राण्डलाई व्यापक बनाउनका निम्ति आफ्नै लेन्स र स्टिकर सृजना गर्ने सुविधा पनि उपलब्ध गराएको छ ।
ब्राण्ड र प्रयोगकर्ताबीचको अन्तरक्रियालाई बढावा दिँदै
७१% उपभोक्ताहरू बिजनेससँगको कम्यूनिकेशन सुलभ रूपमा गर्न सकियोस् भन्ने चाहन्छन् । उपभोक्ताहरूको अपेक्षामा आएको यस परिवर्तनलाई ध्यानमा राख्दै नेपाल लगायत विश्वभरका ब्राण्डहरू आफ्ना उपभोक्ताहरूसँग नजिक रहिरहन, ब्राण्ड र प्रयोगकर्ताहरूबीच अदृश्य अन्तरक्रिया राख्न, आफ्नो व्यवसायिक यात्राको प्रत्येक पाइलामा प्रयोगकर्ताहरूसँग जोडिनका निम्ति भाइबर अपनाउन थालेका छन् ।
लेन्स र स्टिकरहरूका अतिरिक्त, व्यवसायहरूले आफ्नो उपस्थिति अझ सशक्त रूपमा दाबी गर्न र नयाँ प्रयोगकर्ताहरूलाई आकर्षण गर्न विज्ञापनका नवीन प्रयोगहरू भाइबर एपमा प्रयोग गरेको पनि प्रशस्त रूपमा प्रयोग गरेको देख्न सकिन्छ । सन् २०२२ मा औसत मासिक विज्ञापनको प्रभावतो सङ्ख्या आश्चर्यजनक ६ बिलियन पुग्यो, जसमा ५२.७ मिलियन भन्दा बढी प्रभाब नेपाली प्रयोगकर्ताहरूमा परेको पाइयो ।विश्वव्यापी रूपमा सबैभन्दा उत्कृष्ट प्रभाव पार्ने विज्ञापनहरूमा ट्राभल र हस्पिटालिटीमा ७५%, घर जग्गा कारोबारमा ६५%, जागिर र शिक्षामा ३४% र खाना, पेयपदार्थमा २३% र फेसनमा २२% ले वृद्धि भएको पाइएको छ ।
यो वर्ष व्यवसायहरूले उपभोक्ताहरूसँग अझ प्रगाढ सम्बन्ध निर्माण गर्न भाइबर बिजनेस मेसेजिङ सोल्यूशन प्रति अझ बढी चासो देखाएका छन् । च्याटबटमा १० मिलियन मेसेजहरू च्याटबटहरूमा पठाइएको र प्राप्त गरिएका थिए । चौबिसै घण्टा सहोयग गर्नका लागि यस अटोमेटेड उपकरणको लोकप्रियता साझा गर्दै । २०२२ मा भाइबरले नेपालमा निम्न क्षेत्रहरूमा यस प्रकारको वृद्धि देख्यो
– २०२१ मा सृजना गरिएको व्यवसायिक मेसेज अकाउण्टको अनुपातमा यस वर्ष ५०% ले वृद्धि भएको छ
– विजनेस मेसेजको डेलिभरीमा १२८% वृद्धि
– प्रमोशनल मेसेज (विशेष अफर, डिसकाउण्ट)मा १२२% वृद्धि
– ट्रान्ज्याकशनल मेसेज (अर्डर पुष्टिकरणहरू, डेलिभरी ट्र्याकिङ्स, अपोइन्टमेन्ट्स, रिमाइन्डर्स, एक पटकको पासवर्डर्स, र थप) मा २०४ % वृद्धि
– कन्भर्शेसनल मेसेज( सेल्स् सपोर्ट, प्रतिक्रियात्मक मेसेज र अन्य)मा २२% वृद्धि
हाइपर लोकल रहँदै
नेपालमा कम्यूनिकेशनका निम्ति सुरक्षित वातावरणबाहेक शैक्षिक र खेलकुद गतिविधिहरूलाई समर्थन गर्दै भाइबर एक स्थानिय एप सरह नेपाली समुदायमा घुलमिल हुन हरबखत प्रयासरत छ । आफ्ना शैक्षिक पहलको एक हिस्साको रूपमा, भाइबरले विद्यार्थीहरूलाई हाइब्रिड शैक्षिक सहयोग सजिलै उपलब्ध गराउन देशभरका १०० विद्यालयहरूसँग साझेदारी गरेको छ। स्पेल बि, नेपालको पहिलो स्पेलिङ प्रतियोगिता, सँगको सहकार्यमार्फत् भाइबरले प्रतियोगिताको रेजिष्ट्रेश्न आफ्नो च्याटबटबाट भर्न मिल्ने बनाउँदै अडिसनलाई पनि डिजिटाइज गर्यो जस्ले गर्दा ठूलो सङ्ख्यामा देशभरका विद्यार्थीहरूले सजिलै भाग लिने अवसर पाए ।
शैक्षिक गतिविधिहरूबाहेक, भाइबरले स्थानिय फुटबल क्याम्पेनका लागि विश्व कप २०२२ को प्रायोजकहरूमध्ये एक, हाइसेन्ससँग पनि समन्वय गरेको छ । साप्ताहिक पुरस्कार र फुटबल-आधारित स्टिकर प्याकको साथ भाइबर र हाइसेन्सले फुटबल प्रेमीहरूको उत्साहलाई नयाँ उचाई दिन सफल भयो । किरन चेम्जोङ र अनिल गुरुङ जस्ता स्टार खेलाडीहरूसँग अन्तरक्रिया गर्न पाउने अवसर प्रदान गर्दै विश्वकपको अवधिमा बलियो भएको भाइबरको फुटबल च्यानलमा ९० हजारभन्दा बढी सदस्यहरू जोडी सकेका छन्।
भाइबर एप र उसको वर्षभरको गतिविधिहरूलाई नियाल्ने हो भने भाइबर एक बहुआयमिक एप रहेको र मेसेजिङ एपभन्दा धेरै परसम्म जान सक्ने क्षमताहरू बोकेको एप भन्ने कुरा देखाउँदछ ।
आगामी दिनहरूका लागि ट्रेण्डहरू
अर्को वर्ष, भाइबरले अझ निर्णायक निर्णयहरू लिने छ । सर्वप्रथम, भाइबरले ब्राण्डहरूलाई आफ्ना सबै व्यापारिक जानकारी, सेवाहरू र कम्यूनिकेशन च्यानलहरू मेटा- बिजनेस संस्थामा एकल रूपमा सञ्चालन गर्ने अवसर प्रदान गर्नेछ, र प्रयोगकर्ताहरूलाई आवश्यक पर्ने बिजनेसहरू सहजै फेला पार्न र उक्त बिजनेसहरूसँग अन्तरक्रियामा संलग्न हुने अवसरहरू सुलभ बनाउनेछ ।
यस्तै, भाइबरले प्रयागकर्ताहरूको अनुभवमा सुधार ल्याउन, ब्राण्डहरूलाई आफ्नो उपस्थिति अझ सशक्त बनाउन मद्दत पुर्याउने र ब्राण्डहरूसँगको कुराकानीलाई व्यवस्थापन गर्न समर्पित फोल्डर पनि साझा गर्नेछ ।
“हाम्रा अपडेटहरू नै हाम्रो एपको मूलभूत उपलब्धीहरू हुन्, जसले आगामी दिनहरूमा भाइबरले प्रयोगकर्ताहरूका निम्ति एपको उपयोगितालाई थप प्रभावकारी बनाउँदै ब्राण्डहरूलाई आफ्ना उपभोक्ताहरूसँग चाँडै र सजिलै जोडिन र सम्भावनाहरूलाई अझ फराकिलो बनाउनका लागि सुपर एप स्ट्राटिजीको रूपमा ल्याउन लागेको सुविधाहरूका निम्ति बलियो आधार निर्माण गर्दछन् ।” राकुटेन भाइबरका लागि चिफ रेभन्यू अफिसर, क्रिस्टिना कन्स्टान्डचेले बताइन ।“भाइबर एप प्रयोगकर्ता र व्यवसायहरूले आफ्नो दैनिक कम्यूनिकेशनका लागि प्रयोग गर्ने भएकोले प्रयोगकर्ताहरू जोडिरहेका छन् । र मलाई लाग्छ कि यस वर्ष देखेका संख्याहरू हामीले हाम्रो एपलाई सही दिशातर्फ डोर्याइरहेको छौ भन्ने कुराको पनि बलियो प्रमाण हो भन्ने मलाई लाग्दछ।” क्रिस्टिनाले थपिन् ।
राकुटेन भाइबरको बारेमाः
राकुटेन भाइबर संसारको जुनसुकै कुनामा रहेका जोसुकैलाई जोड्ने सम्बन्धसूत्र हो । भाइबरको विश्वव्यापी प्रयोगकर्ताहरूले वान-टु-वान,भिडियो कल, ग्रुप मेसेजिङ, अपडेटहरूका साथै आफ्ना मनपर्ने ब्राण्ड र सेलीब्रेटीसँग अन्तरक्रियाजस्ता यावत् फिचरहरूको लाभ उठाउन सक्छन् ।भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू साझा गर्न सुरक्षित र स्वतन्त्र वातावरण सुनिश्चित गर्दछ।राकुटेन भाइबर, आइएनसीको एक हिस्सा हो, ई-कमर्स र वित्तीय सेवाहरूमा अग्रणी राकुटेन भाइबर गोल्डेन स्टेट वारियर्सको आधिकारिक इन्सट्याण्ट मेसेजिङ र कलिङ एप पार्टनर पनि हो । आजै भाइबर जोइन गरी विश्वकै सबैभन्दा उत्तम कम्यूनिकेशनको फाइदाहरू लिनुहोस् ।
बिजनेसका लागिः भाइबरले मेसेजिङ सोल्यूशन (च्याटबट, बिजनेस मेसज) डिसप्ले विज्ञापन, ब्राण्डेड स्टिकर र लेन्सहरू, र आउन लागेको बिजनेस कलिङ सोल्यूशन जस्ता प्रभाकारी यावत् सुविधाहरू प्रदान गर्दछ । यी सब उपकरणहरूले व्यवसायहरूलाई आफ्ना यात्राको प्रत्येक पाइलामा उपभोक्ताहरूसमक्ष पुग्न मद्दत गर्दछन् ।भाइबरमा सबै व्यक्तिगत, ग्रुप च्याट र व्यक्तिगत कल एण्ड-टू-एण्ड एन्किप्शनद्वारा सुरक्षित छन् । भाइबर बिजनेस मेसेज को ट्रान्जिटमा पनि एन्क्रिप्श्न सुरक्षा राखिएको छ जसले गर्दा ब्राण्डहरू पूर्णविश्वासका साथ आफ्ना सबै प्रकारका व्यवसायिक कुराकानीहरू निश्चिन्त भई गर्न सक्छन् ।