साना तथा मझौला व्यवसायी महासंघले एकताको महाधिवेशन गर्ने |
काठमाडौं । साना तथा मझौला व्यवसायी महासंघका एकता महाधिवेशन गर्ने भएको छ । वर्तमान अध्यक्ष बाबुकाजी महर्जन, सह अध्यक्ष हरि पराजुली र वरिष्ठ उपाध्यक्ष दीपकप्रसाद आचार्य तथा समानान्तररुपमा सञ्चालन भएको साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष गुह्यरत्न शाक्य भएको उक्त दुवै संस्थाको एकता महाधिवेदन गर्ने भएका हुन ।
देशभित्र कूल रोजगारी सिर्जना गर्ने ७५ प्रतिशत भन्दा बढी योगदान साना तथा मझौला व्यवसायीको हक, हित, अधिकारका लागि महासंघका पदाधिकारी, सदस्यहरु बीचको आपसी मतभेद, विवाद मनन गरी महासंघलाई एक्यबद्धरुपमा अघि बढाउने छ ।
एकताको महाधिवेशन गर्न दुबेै महासघ सम्मिलित उद्यमी दीपकप्रसाद आचार्यको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । उक्त तदर्थ समितिले आवश्यकता अनुसार समिति, उप समिति गठन गर्ने र संस्थाको गरिमा बढाउन बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सक्नेगरी अख्तियारी दिने निर्णय समेत गरेको छ ।
एकताको महाधिवेशन गर्न महासंघ मातहतको जिल्ला, क्षेत्रीय वस्तुगत संघ समेतको इकाईको विधान सम्मत समितिको निर्वाचनवाट वा सहमतिमा समितिको गठन गरी ६ महिना भित्र विधान सम्मत महाधिवेशन सम्पन्न हुने छ ।
उक्त एकता महाधिवेदनका लागि तदर्थ कमिटिमा भरहेका व्यक्तिहरुमा दीपकप्रसाद आचार्य संयोजक, धर्मनन्द श्रेष्ठ सह संयोजक, गोपालप्रसाद तिवारी सदस्य सचिव, विश्व दुवाल कोषाध्यक्ष, यमुनादेवी श्रेष्ठ सदस्य, बिजु शाक्य सदस्य, प्रबलराज पोखरेल सदस्य, डा. खोमराज खरेल सदस्य, डा. बद्रि पौडेल सदस्य, धनबहादुर जंगम सदस्य, बिजय सागर प्रधान सदस्य, सरिता थापा सदस्य, प्रमिला खड्का सदस्य, बिष्णु घर्ति मगर सदस्य र मंजिला शर्मा सदस्य रहेका छन् ।