पुस ७ गतेदेखि सूर्या र ज्योति लाइफले एकिकृत कारोबार शुरु गर्ने |
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले एकिकृत कारोबार शुरु गर्ने भएका छन् । पुस ७ गते देखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गर्ने भएको हुन् ।
डाटा माइग्रेसन तथा सिस्टम इन्ट्रिग्रेसन गर्नुपर्ने भएकोले पुस ६ गते एक दिनको लागि विहान ६ गतेदेखि सम्पुर्ण सेवा समेत अवरुद्ध हुने कम्पनीले जनाएको छ ।
सूर्या र ज्योति लाइफ इन्स्योरेन्सबीच गत असार १२ गते मर्जर सम्बन्धी सम्झौता भएको थियो ।
सूर्या लाइफ इन्स्योरेन्सको १ कित्ता शेयर बराबर ज्योति लाइफको ०.८२४५ कित्ता अनुपातमा मर्जर भएको छ ।
दुबै कम्पनी गाभिए पश्चात बनेको नयाँ कम्पनीको रजिष्टार्ड कार्यालय विराटनगर महानगरपालिका वडा नं. ७, विराटनगर, मोरङ्ग, प्रदेश नं. १ मा रहने छ ।