पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँ घट्यो |

काठमाडौं । भारतबाट पटक पटक मूल्य घटेर आएपछि नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ ।
मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल/मट्टितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल/मट्टितेल १७८ रुपैयाँ थियो ।
हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको छ ।