दुगर ब्रदर एन्ड सन्स प्रालिद्वारा क्याच द रेन्बो राइड सम्पन्न |

काठमाडौं। Aprilia आधिकारिक बिक्रेता दुगर ब्रदर एन्ड सन्स प्रा. लि. ले शनिबार catch the rainbow राइड सम्पन्न गरेको छ ।
बालकुमारी स्थित Aprilia को शेरुमबाट मानेदोभान, पनौतीसम्म राइड गरिएको थियो। राइडमा सहभागि ग्राहकहरुलाई शनिबार मानेदोभान, पनौती traut fishing का लागि राइडको आयोजना गरिएको थियो ।
यो राइडको थेम catch the rainbow राखिएको थियो । राइडको मुल सन्दर्भ देशको लोकल खाना, ठाँउ आदिलाई अन्वेषण गर्नु हो । भर्खरै सम्पन्न दसैं, तिहार र छठ अन्तर्गत Aprilia स्कुटर लिएका ग्राहकहरुलाई free ride coupon प्राप्त भए बमोजिम उक्त राइड आयोजना गरिएको थियो ।
दुगर ब्रदर एन्ड सन्स प्रा. लि. का Director विजय महतोले, ग्राहकहरूलाई एउटै परिवारमा समेटेर राइडको आयोजना गराएको उनले जानकारी दिए।
राइडमा सहभागी ग्राहकहरूलाई मनोरञ्जन कार्यक्रम आयोजना गरिएको र अब छिटै Vespa को पनि राइड हुन गइरहेको कम्पनीका असिस्टेन्ट मार्केटिङ म्यानेजर अनिष खडकाले जानकारी दिए । Aprilia ब्रान्डलाई परिचित गराउन यो राइडको आयोजना गरिएको उनले बताए ।