बुटवल पावरले १० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश दिने | बुक क्लोज पुस ६ देखि २७ गतेसम्म
काठमाडौं । बुटवल पावर कम्पनी (बीपीसी) लिमिटेडले चुक्ता पुँजीको १० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको यही मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त परिमाणमा नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले गतवर्षको मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिने कम्पनीले बताएको छ । कम्पनीको आगामी २६औं वार्षिक साधारणसभा पुस २७ गते बस्दै छ । सो प्रयोजनका लागि कम्पनीको आगामी पुस ६ देखि २७ गतेसम्म बुक क्लोज हुँदै छ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८१ करोड ५ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनसपछि संस्थाको चुक्तापूँजी १ अर्ब ९९ करोड रुपैयाँ पुग्नेछ ।