आज २ अर्बको विकास ऋणपत्र बोलकबोल गर्दै केन्द्रीय बैंक |

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबार मंसिर २७ गते २ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले मंसिर २८ गते निष्कासन गर्न लागेको यस ऋणपत्रमा मंसिर २७ गते दिउँसो २ बजेसम्म बोलकबोल हुनेछ । विकास ऋणपत्र २०८२ ‘छ’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ३ वर्षको छ । जसअनुसार २०७९ मंसिर २८ गते जारी मिति तोकिएको यस ऋणपत्र २०८२ मंसिर २८ गते परिपक्व हुनेछ । ऋणपत्र सर्वसाधारण नागरिक, बैंक तथावित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी तथा संगठित संस्थाहरुले खरिद गर्न सक्नेछन् ।
ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिनदिन पनि पाइनेछ । यसको ब्याजदर भुक्तानी अर्धवार्षिक रूपमा हुनेछ । ब्याजदर बोलकबोलकको मध्यमबाट निर्धाराण हुने छ भने आर्जित ब्याजमा ब्याजकर लाग्ने केन्द्रीय बैंकले जनाएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी समूहभित्र रहेर ऋणपत्र बिक्री गर्न लागिएको हो ।
प्रतिस्पर्धी बोलवालालाई निष्कासित रकमको ८५% अर्थात् १ अर्ब ७ करोड रुपैयाँ र अप्रतिस्पर्धी बोलवालालाई निष्कासित रकमको १५% अर्थात् ३ करोड रुपैयाँ छुट्याइएको छ । नेपाल स्टक एक्सचेन्जमार्फत दोस्रो बजारमापनि ऋणपत्र कारोबार हुन सक्नेछ ।
राष्ट्र बैंकले यही जेठ र असारमा १ खर्ब रुपैयाँभन्दा केही बढी आन्तरिक ऋण संकलन गर्दै छ । सोही क्रममा बिहीबारदेखि राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको हो । ऋणपत्र खरिदका लागि अनलाइनबाटै आवेदन दिन सकिन्छ । ऋणपत्र घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निस्कासन रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भागजाने अंकमा हुनुपर्ने सूचनामा उल्लेख छ ।