पोर्चुगललाई पराजित गर्दै मोरक्को इतिहास रच्दै पहिलो पटक सेमिफाइनलमा |
काठमाडौं । पोर्चुगललाई पराजित गर्दै मोरक्को पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ ।शनिबबार अल थुमामा रंगशालामा १–० को जित रच्दै मोरक्को विश्वकप इतिहासमै सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टिम भएको छ ।
स्पेनी ला लिगा क्लब सेभियाका स्ट्राइकर युसेफ एन–नेसेरीको गोलमा मोरक्कोले पोर्चुगलविरुद्ध ऐतिहासिक जित निकालेको हो । उनले याया अटियट अल्लाहको क्रसमा गोलकिपर डिएगो कोस्टालाई पन्छाउँदै ४२ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
इन्जुरी टाइममा वालिद चेडिराले दोहोरो पहेँलो कार्ड पाएपछि मोरक्कोले दश खेलाडीमा रहेर खेल अन्त्य गरेको थियो । अन्तिम १६ मा पूर्व विजेता स्पेनलाई पेनाल्टीसुटआउटमा पराजित गरेको मोरक्कोले जारी विश्वकपमा ठूला टिमहरुलाई माथ दिँदै आएको छ ।