नेपाल रेमिटको प्रमुख कार्यकारी अधिकृतमा सागर खनाल नियुक्त, डिजिटल रेमिटलाई प्राथमिकता दिने |
काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रा लि को प्रमुख कार्यकारी अधिकृतमा रेमिट्यान्स क्षेत्रका चर्चित व्यक्तित्व एवं चार्टर्ड एकाउण्टेन्ट सागर खनाल नियुक्त हुनुभएको छ । २९ वर्षिय खनालको रेमिट्यान्स् क्षेत्रमा ७ बर्ष भन्दा बढि समयको अनुभव छ । बिजनेस, रणनीति र योजना तथा मार्केटिङ्ग र व्यवस्थापनमा राम्रो अनुभव भएका खनालको रेमिट्यान्स् क्षेत्रमा स्थापित नाम हो ।
खनाललाई एक समारोहका बिच नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का अध्यक्ष रितश मित्तलले स्वागत गर्नुभयो । खनालले आफ्नो पदभार समेत ग्रहण गरिसक्नुभएको छ । विगत १७ वर्ष देखि रेमिटान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि ले डिजिटल रेमिट्यान्स्मा अभैm जोड दिदै विश्वका विभिन्न कुनावाट रेमिट्यान्स् भित्राउदै आएको छ ।
आफ्नो पदभार ग्रहण गर्दै खनालले भने ‘ अहिले धेरै कुरा डिजिटल रुपमा भइरहेको भन्दै सस्तो, भरपर्दो र रियल टाइम सेवाका लागि हामीले डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आम नेपालीलाई सेवा प्रदान गर्नेछौँ । रेमिट्यान्स् समेत डिजिटल रुपमा भित्राइ मुलुकको डिजिटल अर्थतन्त्रलाई टेवा पुर्याउने हाम्रो लक्ष्य हो’ ।
कम्पनिमा अनुभबी कार्यकारी अधिकृत सिएसागर खनाल को आगमन पछी कम्पनिका सेवा सुबिधाका साथै यस कम्पनीको लोकप्रियतालाई आम उपभोक्ता सम्म पर्याइ आगामी दिनमा अझै उचाइमा पुग्ने कुरा नेपाल रेमिटले विश्वास लिएको छ ।
नेपाल रेमिट इन्टरनेशनल प्रा.लि ले नेपालका सबै बैंक खाताहरुमा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइ रहेको छ । बिभिन्न वालेट कम्पनीहरुसँग साझेदारी गरी विदेशवाट वालेटमा समेत रेमिट्यान्स् भित्राउँदै आएको छ । यस रेमिटले हाल देश भर रहेका १०,००० भन्दा बढि एजेन्ट नेटवर्कबाटसेवा प्रदान गर्दै आएको छ ।