भगवती हाइड्रोपावरले प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति माग्दै बोर्ड पुग्यो |
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।
कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले प्रतिकित्ता ११६ रुपैयाँका दरले १६ करोड ५८ लाख रुपैयाँ ९८ हजार ७९२ रुपैयाँ बराबरको १४ लाख ३० हजार १६२ कित्ता शेयर निष्काशन गर्नेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।