ओखलढुंगाको मोलुङ गाउँपालिकामा एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ सेवा |

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण क्षेत्रहरूमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै त्यहाँका सर्वसाधारणहरूलाई वित्तीय पहुँचमा ल्याउन शाखा कार्यालयका साथै शाखारहित बैंकिङ सेवा थप्दै जाने अभियानलाई जारी नै राखेको छ ।
पछिल्लो समय उक्त बैंकले ओखलढुंगाको एक ग्रामीण क्षेत्रमा शाखारहित बैंकिङ इकाइ सञ्चालनमा ल्याएको छ । बैंकले ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका– १, कुन्तादेवी पसल डाँँडामा आपm्नो बीसौं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन यही मंसिर २१ गते ओखलढुंगाकै सांसद यज्ञराज सुनुवारले गरेका हुन् ।
बैंकले उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिमा सञ्जय खत्रीलाई नियुक्त गरेको जानकारी दिएको छ ।
उक्त शाखारहित बैंकिङ इकाइबाट स्थानीय बासिन्दाहरूले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइलल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडीएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको सावाँ तथा ब्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिने बताइएको छ ।
हाल उक्त बैंकले २७० शाखा कार्यालयहरू, २८५ एटीएम, ३७ वटा एक्स्टेन्सन काउण्टर एवम् २० वटा शाखारहित बैंकिङ इकाइमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ । बैंकको हालको वासलातको आकार रू. २०८ अर्ब र कुल निक्षेप करिब रू. १६९ अर्ब पुगेको छ । बैंकको कुलकर्जा करिब रू. १४४ अर्ब रहेको छ भने ग्राहक संख्या करिब १३ लाख ५० हजार रहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरूमा पनि चाँडै नै थप शाखा÷शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।