वर्ल्डलिंक कम्युनिकेशन्सको सेवा लिने ७ ग्राहकलाई स्मार्ट टिभी कोसेली |
काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले देशभरबाट छनोटमा परेका ७ जना ग्राहकलाई ४३ इन्चको स्मार्ट टेलिभिजन (टिभी) कोसेली प्रदान गरेको छ ।वर्ल्डलिंकले सेवा सुरु गरेको २७ वर्षमा ७ लाख ग्राहक बनाउन सफल भएको अवसरमा पारी ७ जना ग्राहकलाई टेलिभिजन कोसेली दिएको हो ।
१ लाखदेखि ७ औँ लाख ग्राहक नम्बर भएका ग्राहकलाई कोसेली प्रदान गरेको वर्ल्डलिंकले जनाएको छ । टेलिभिजन कोसेली पाउनेमा मकवानपुर हेटौँडाका निरज बराइली, झापा बिर्तामोडकी मनिसा राई, बुटवलका विजय थापा, सुर्खेतका शिवराम रोकाया, भक्तपुर गठ्ठाघरका भीमबहादुर कुमाल, राष्ट्रबैंक चोकका रविन थापा र बालाजुका हुमनाथ अधिकारी छन् ।
सन् १९९५ बाट सेवा सुरु गरेको वर्ल्डलिंकले २७ वर्षमा गत नोभेम्बर १४ मा ग्राहकको सङ्ख्या ७ लाख पुर्याएको हो । सबैभन्दा बढी ग्राहक कोभिड–१९ महामारीपछि थपिएको वर्ल्डलिंकले जनाएको छ । सन् २०१९ को फेब्रुअरीसम्म ३ लाख ग्राहक बनेकोमा सन् २०२२ को नोभेम्बरसम्म आइपुग्दा थप ४ लाख ग्राहक थपिएका छन् ।