अशोक लेलैण्डको थ्रिएस सर्भिस सहितको पोखरामा नयाँ शाखा |

काठमाडौं । अशोक लेलैन्डको शाखा पोखराको चउथेमा संचालनमा आएको छ । यहाँबाट अशोक लेलैण्ड गाडीका लागि सेल्स, सर्भिस र स्पेयर्स पार्टसहरु उपलब्ध हुने छ । अशोक लेलैन्ड गाडिको नेपालको लागि आधिकारिक बितरक आइएमई गु्रप अन्तर्गतको आइएमई मोटर्सले गर्दै आएको छ ।
थ्रि—एस (सेल्स,सर्भिस र स्पेयर्स) सेटअपको उद्घाटन आइएमई गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले संयुक्त रुपमा गरेका छन् ।
सो अवसरमा बोल्दै प्रबन्ध निर्देशक ढकालले अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको जानकारी दिए । उनले विक्री पछिको सेवाको लागि जस्तोसुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्घता जनाए ।