एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश घोषणा |
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफा ५.२६% नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले हात पार्नेछन् । गत वर्ष कम्पनीले ५% बोनस सेयर र कर तिर्न ०.२६% नगद लाभांश वितरण गरेको थियो ।
यस्तै, कम्पनीको बैठकले प्रस्तावित नगद लाभांश पारित गर्न पुस २० गते वार्षिक साधारण सभा गर्ने पनि निर्णय गरेको छ । सभा प्रयोजनका लागि पुस ५ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ, पुस ४ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।