नेसनल लाइफको आज एजीएम |
काठमाडौं । नेसनल लाइफ इन्सुरेन्स कम्पनीको आज (मंसिर १८ गते) साधारण सभा बस्दैछ । सभा नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७७–२०७८ को नाफाबाट १५.७९% लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यसले १५% बोनस र कर प्रयोजनका लागि ०.७९% नगद लाभांश वितरण गर्न लागेको हो ।
२०७७–७८ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । त्यस्तै, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले मंसिर ८ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, मंसिर ७ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।