विश्वकप फुटबलमा आजबाट समूहचरणका अन्तिम खेल हुँदै |
काठमाडौं । फिफा विश्वकप फुटबलमा आजदेखि समूह चरणका अन्तिम खेलहरु शुरु हुँदैछन् । आज पनि विश्वकपमा ४ खेलहरु हुँदैछन् । जसमा समूह ’ए’ र समूह ’बी’ का दुई÷दुई खेलहरु हुनेछन् ।
पहिलो दुई खेलमा समूह ’ए’ मा रहेका इक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतार बीच प्रतिष्पर्धा हुनेछ । दुवै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट शुरु हुनेछ । यो खेलसँगै समूह ‘ए’ बाट अन्तिम १६ मा पुग्ने २ देशको टुङ्गो लाग्नेछ ।
दोस्रो दुई खेलमा समूह ‘बी’ मा रहेका इरान र अमेरिका तथा वेल्स र इंग्ल्यान्डबीच खेल हुँदैछ । दुवै खेल नेपाली समयअनुसार राति १२ः४५ मा हुनेछ । यी खेलहरुबाट समूह ‘बी’ बाट अन्तिम १६ मा पुग्ने २ देशको टुङ्गो लाग्नेछ ।