पाँच कम्पनीलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले एशियन हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, माया खोला हाइड्रोपावर र शुभम पावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।
एशियन हाइड्रोपावरले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीले उक्त शेयर आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि निष्काशन हुनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
सुपरमाई हाइड्रोपावरले पनि आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
सुपर मादी हाइड्रोपावरले ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि उक्त शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
माया खोला हाइड्रोपावरले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीले पनि उक्त शेयर आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
यस्तै शुभम पावरले ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको शेयर निष्काशन गर्न अनुमति पाएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।