नेशनल इन्स्योरेन्स कम्पनीको कमायो १ करोड ७० लाख |
काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७० लाख २३ हजार रुपैयाँ नाफा कमाएको छ । यो विमा कम्पनीको यस्तो नाफा अघिल्लो आवको सोही अवधिमा ६८ करोड ऋणात्मक रहेको कम्पनीले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ ।
यो बीमा कम्पनीको चुक्ता पुँजीमा शून्य रकम देखाएको छ भने जगेडा कोषमा ३८ करोड पनि ऋणत्मक छ । बीमा कोषमा ९९ करोड ८३ लाख राखेको छ ।
यसले गत त्रैमाससम्ममा खुँद बीमाशुल्क आर्जन २६ करोड ७५ लाख, पूर्नबीमा कमिशन आय १८ हजार, लगानी कर्जा तथा अन्य आय ३ करोड ३१ लाख रहेको छ । यसको अभिकर्ता कमिशनमा २३ लाख १३ हजार गरेको छ भने यसको व्यवस्थापन खर्च ३ करोड ७ लाख रहेको छ ।
यसको कुल बीमाशुल्क आर्जन २८ करोड, बीमालेखको संख्या ६४ सय ९ वटा छ । नवीकरण भएको बीमालेखको संख्या भने जम्मा ३४ सय ५८ वटा मात्रै छ ।
यसको कुल दाबी भुक्तानी ६५१ वटा बीमालेखमार्फत १८ करोड ७६ लाख भएको छ । यसको १४ सय ३६ वटा बीमालेखको ६६ करोड ३८ लाख रुपैयाँको दाबीभुक्तानी भने हुनै बाँकी रहेको छ ।