काठमाडौंमा जसपाको चुनावी सभा सम्पन्न |
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको काठमाण्डौंको निर्वाचन क्षेत्र नम्बर ७ मा चुनावी जनसभा सम्पन्न भएको छ । पार्टीका वरिष्ठ नेता एवम् प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका राजेन्द्र प्रसाद श्रेष्ठको निर्वाचन क्षेत्र अन्तरगत बालाजुमा बिहीबार चुनावी जनसभा गरिएको हो ।
कार्यक्रममा उम्मेदवार श्रेष्ठले आफू सांसद रहदा गरेका कामहरुको फेहरिस्त सुनाउँदै यस पटकका निर्वाचनमा जनताले आफूलाई जिताउनेमा ढुक्क रहको बताए । ठूलो पार्टी भएर चुनाव जित्ने भए केशब स्थापितले किन चुनाव हारे? गठबन्धनले जित्ने भए काठमाण्डौ महानगरको चुनाव श्रृजना सिंहले किन नजिते भन्दै उनले प्रचण्ड र बाबुराम आएपनि आफ्नो क्षेत्रबाट आफू निर्वाचित हुने दाबी गरे ।
उक्त कार्यक्रममा राजनीतिक समिति सदस्यहरु डा. महेशमान शाक्य, लिला सिटौला, शोभा बज्राचार्य, अजित पुतुवार लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य डा. महेशमान शाक्य, लालबहादुर तामाङ लगायतका नेताहरु, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका उम्मेदवारहरुको उपस्थिति रहेको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।