सामुदायिक लघुवित्तको कस्तो छ वित्तीय अवस्था ? |
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सामुदायिक लघुवित्तको खुद नाफालगायतको प्रमुख सूचक घटेको छ । यसअवधिमा खुद नाफा ८.२३% ले घटेर ९६ लाख ७४ हजार रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ५ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी १९.८८% ले घटेर २ करोड १८ लाख ७६ हजार रुपैयाँमा आएको छ ।
गत वर्ष १ करोड ५७ लाख ५० हजार रुपैयाँ सञ्चालन नाफा कमाएको यो वर्ष १ करोड १५ लाख ९ हजार रुपैयाँ सञ्चालन नोक्सानमा व्यहोरेको छ । असोज मसान्तसम्ममा प्रतिसेयर आम्दानी २९ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ६५ पैसा छ ।