एसियन लाइफको नाफा २१.५८% ले बढ्यो |
काठमाडौं । एसियन लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यस इन्सुरेन्सले ९ करोड ६२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
नाफा २१.५८% ले बढेको हो । असोज मसान्तसम्म कम्पनीको जगेडा कोष भने ३०.११% ले घटेर ६८ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ ।
जीवन बिमा कोषको आकार भने २०.३२% ले बढेर ३३ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क आर्जन ४.२६% ले बढेर १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । यसको चुक्ता पुँजी २ अर्ब ५३ करोड ९८ लाख रुपैयाँ रहेको छ ।
असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४४ पैसा (बार्षिक) रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १३२ रुपैयाँ ९८ पैसा छ ।