महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट |
काठमाडौं । महालक्ष्मी विकास बैंकले रेष्टुरेन्ट, आयुर्वेद, श्रृंगार, स्वास्थ्य लगायतका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंका विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुले द हिमालयन ग्रील बाइ बाजेकाेका सम्पूर्ण सेवामा १५%, कुण्डलिनी आयुर्वेदाका सेवाहरुमा अधिकतम २०%, सुबाकी ब्यूटी सलुन एणड इन्टरप्राइजेज प्रा,लिका सेवाहरुमा १०%, अपुलेन्स एस्थेटिक्स प्रा,लिका सेवाहरुमा १०% र क्रिस्टल डाइग्नाेस्टिक्स प्रा,लिका सेवाहरुमा अधिकतम २५% को छुट प्राप्त गर्न सक्नेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।