साना किसानको खुद नाफा ४१.८३% ले बढ्यो |
काठमाडौं । साना किसान लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २३ करोड २७ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको यसै अवधिमा भन्दा ४१.८३% ले धेरै हो ।
अघिल्लो वर्ष १६ करोड ४१ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो । असोज मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी ४३.८६% र सञ्चालन नाफा ४१.६०% ले बढेपछि खुद नाफामा पनि सुधार भएको हो ।
साना किसानको चुक्ता पुँजी २५% ले बढेको छ । रिजर्भ कोषमा पनि १७.६८% सुधार हुँदै १ अर्ब ४३ करोड ८७ लाख रुपैयाँ जम्मा भएको छ । कम्पनीको खराब कर्जा ०.७५% मा सीमित छ ।
यता, खुद नाफामा सुधार भएसँगै प्रतिसेयर आम्दानी पनि ६ रुपैयाँ ८८ पैसाले बढेर ५९ रुपैयाँ ५२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ भने २८२ रुपैयाँ २० पैसा छ । साना किसान हाल आरएमडीसी लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको छ ।