बुद्ध एयरले पोखराबाट बनारस उडान गर्ने |
काठमाडौं । २०२३ को जनवरीबाट सञ्चालनमा आउन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरले भारत उडान गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा काठमाडौं–बनारस–काठमाडौंं उडान गर्दै आएको बुद्धले पोखरा विमानस्थल सञ्चालनमा आएसँगै हप्ताको ३ उडान बनारस उडान गर्ने तालिका सार्वजनिक गरेको हो ।
बुद्ध एयरले हरेक हप्ता आइतबार, मंगलबार र बिहीबार गरेर तीन उडान तालिका बनाएको छ । विमानस्थल सञ्चालनमा आउना साथै पोखराबाट बनारस उडान गर्ने तयारीमा बुद्ध एयर रहेको छ ।
एयर ट्राफिक सर्भिस रुटको लागि सरकारले भारतसँग पहल गरिहेको हुँदा भारतबाट रुट र स्लट स्वीकृत हुनासाथ पोखरा दिल्ली पोखरा पैत्येक दिन २ उडान र पोखरा देहरादुन पोखरा हप्तामा ३ उडान गर्ने प्रक्रिया अगाडि बढेको समेत बुद्ध एयरले जनाएको छ ।