हुवासिन सिमेन्टले पायो तीन अर्ब रुपैयाँ ऋण |
काठमाडौं । एक्जिम बैंक अफ चाइनाले चिनियाँ कम्पनी हुवासिनलाई ३ करोड अमेरिकी डलर (तीन अर्ब ३८ करोड रुपैयाँ) ऋण दिने सहमति जनाएको छ । धादिङमा सिमेन्ट उद्योग स्थापनाका गर्न लागेको हुवासिनले सिमेन्ट स्थापनाका लागि गरेको लगानी प्रतिवद्धतामध्ये एक्जिम बैंकबाट ऋण पाएको रकम २१.४२ प्रतिशत हुन आँउछ ।
५ पुस ०७२ मै उक्त कम्पनीको वैदेशिक लगानी स्वीकृत भइसकेको छ । कम्पनीले १ सय ४० मिलियन अमेरिकी डलर अर्थात १६ अर्ब बराबरको चिनियाँ लगानी ल्याउदै छ । यो उद्योगमा उद्योगी सुरज वैद्य नेपाली साझेदार छन्। लगानी बोर्डका अनुसार वैद्यको लगानी २० प्रतिशत छ । बोर्डमा नेगोसियनका लागि नेपाली साझेदारको रुपमा वैद्यनै जाने गरेका छन्।
।
यो उद्योगमा १ हजार जनाले प्रत्यक्ष र एक हजार जनाले अप्रत्यक्ष रोजगारी पाउने लगानी बोर्डले जानकारी दिएको छ । यो कम्पनीले बोलकबोलमा सहभागी भएर ६० करोड रुपैयाँमा खानी तथा भूगर्भ विभागसँग धादिङको बेनीघाट रोराङ गाउँपालिका र मकवानपुरको राक्सी राङ्क गाउँपालिकामा चुनढुङ्गा खानी पाएको थियो ।