राजेशले जिते सिंगिङ सुपरस्टारको पहिलो उपाधि |
काठमाडौं । खोटाङका गायक राजेश राईले सिंगिङ सुपरस्टारको पहिलो सिजनको उपाधि जितेका छन् । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका राईले भ्वाईस स्टार नेपालले निर्माण गरेर ईमेज च्यानलबाट प्रसारण भइरहेको सांगीतिक रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टार ब्याटल अफ द स्टार्स’को उपाधि जितेका हुन् ।
आइतबार भएको फिनालेमा प्रथम स्थान प्राप्त गरेका गायक राईले २० लाख नगद र म्युजिक नेपालसँग सम्झौता लगायत पुरस्कार प्राप्त गरेका छन् । उनी विगत १३ वर्षदेखि सांगीतिक क्षेत्रमा संघर्षरत छन् ।
फिनालेमा नामगेल लामा फस्ट रनर अप र दीपक सापकोटा सेकेन्ड रनर अप भएका छन् । कार्यक्रम हरेक आइतबार र सोमबार साँझ ईमेज च्यानलबाट प्रसारण हुँदै आएको थियो ।