नबिल बैंकको सञ्चालकमा पुनः चौधरी मनोनीत |
काठमाडौं । नबिल बैंक लिमिटेडको सञ्चालक पदमा निर्वाण चौधरी पुनः नियुक्त भएका छन् । एनबी इण्टरनेशनल लिमिटेडको तर्फबाट चौधरीलाई सञ्चालक मनोनीत गरिएको नबिल बैंकले बताएको छ ।
सञ्चालक चौधरीको नयाँ कार्यकाल सोमबार बसेको बैंकको सञ्चालक समितिको ५०२औं बैठकबाट शुरू भएको बैंकले जानकारी दिएको छ ।
नबिल बैंकमा एनबी इण्टरनेशनलको ५० प्रतिशत स्वामित्व रहेको छ । बैंकमा एनबी इण्टनेशनलले सिफारिश गरेको एक जना सञ्चालक नियुक्त हुने व्यवस्था छ ।