श्रीजनशील लघुवित्तको खुद नाफा ३२.७९% ले घट्यो |
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा श्रीजनशील लघुवित्तको खुद नाफा ३२.७९% ले घटेर १ करोड ८ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ६१ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो ।
सञ्चालन नाफा ७४.४४% ले घटेर ६४ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी २९.२३% ले घटेर ३ करोड १६ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ६४ पैसा छ । यसले केही समय पहिले मात्रै आइपीओ जारी गरेको थियो ।