डिप्रोक्स लघुवित्तको खुद नाफा प्रभावित |
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा डिप्रोक्स लघुवित्तको खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा ४२.८९% ले घटेर ९ करोड ९१ लाख ३० हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड ३५ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद ब्याज आम्दानी प्रभावित भएको हो ।
खुद ब्याज आम्दानी ७.४३% ले बढेर ३३ करोड २४ लाख ६४ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा पनि ४३.१३% ले घटेर १४ करोड १६ लाख १५ हजार रुपैयाँमा आएको छ । यस्तै, इम्पेयरमेन्ट चार्ज र खराब कर्जा बढेकाले पनि नाफा प्रभावित भएको हो । गत वर्ष ०.६७% रहेको खराब कर्जा यो वर्ष ३.६८% पुगेको छ ।
खराब कर्जा बढेसँगै गत वर्ष २ करोड ७८ लाख ८ हजार रुपैयाँ रिभर्स रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ३ करोड ९५ लाख ५२ हजार रुपैयाँ पुगेको छ । यता, नाफा घट्दा प्रतिसेयर आम्दानी प्रभावित भएको छ । असोज मसान्तसम्म प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७५ पैसाले घटेर ३४ रुपैयाँ २९ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ २७५ रुपैयाँ २८ पैसा छ ।