मध्यराति ठमेलस्थित नाइट क्लबमा ओली (तस्बिरहरू) |
काठमाडौं । चुनावी अभियानमा व्यस्त पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मध्यराति ठमेलस्थित एक नाइट क्लबमा पुगेका छन्।
ओली शुक्रबार राति १२ बजेतिर ठमेलको एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबमा पुगेका हुन्।
त्यहाँ पुगेर उनले आफ्नो नाममा बनेको र्याप गीत ‘सहर सहरमा ओली’ सार्वजनिक पनि गरेका छन्। उक्त गीत युट्युबमा भने एक हप्ताअघि नै सार्वजनिक भइसकेको छ।
युवाहरूमाझ लोकप्रिय र्याप गीत सार्वजनिक गर्न आफू एलओडी पुगेको अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत जनाएका छन्।
हेर्नुहाेस् तस्बिरहरू