निर्धन उत्थानको खुद नाफा घट्यो |
काठमाडौँ । निर्धन उत्थान लघुवित्तको खुद नाफामा भारी गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड २५ लाख ५० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा ८३.८८% ले घटेको हो । गत वर्ष भने २० करोड १९ लाख ३७ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
खुद ब्याज आम्दानी पनि ६.९६% ले घटेको छ । निर्धन उत्थानको खराब कर्जा बढेपछि खुद नाफामा गिरावट आएको देखिन्छ । कम्पनीको खराब कर्जा ३.५९% बाट बढेर ७.१४% पुगेको छ ।
जसका कारण इम्पेयरमेन्ट चार्ज ७ करोड रुपैयाँबाट बढर २६ करोड रुपैयाँ पुग्दा सञ्चालन नाफामा पनि ८३.८८% ले घटेको छ । खुद नाफा घटेपछि निर्धनको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ७२ पैसाले घटेर ५ रुपैयाँ ९३ पैसामा सीमित भएको छ । गत वर्ष भने प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ६५ पैसा थियो । हाल निर्धनको प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ १२ पैसाछ ।