युनाइटेड इन्सुरेन्सको बोनस सेयर घोषणा |
काठमाडौँ । युनाइटेड इन्सुरेन्सले बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ५% बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
साथै, कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३% नगद लाभांश पनि दिने भएको छ । प्रस्तावित बोनस सेयर र नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।