युनाइटेड मोदी हाइड्रोको साधारण सभा पुस १२ गते |
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश पारित गर्नका लागि पुस १२ गते बिहीबार वार्षिक साधारण सभा आह्वान गरेको छ ।
हाइड्रोपावर कम्पनीले पुस १२ गते बिहान ११ बजे यूनाइटेड वल्र्ड ट्रेड सेन्टर हल त्रिपुरेश्वर, काठमाडौंमा आर्थिक वर्ष २०७४⁄७५ को वार्षिक साधारण सभा डाकेको हो ।
सभामा कम्पनीले हाल कायम चुक्ता पूँजी एक अर्ब १५ करोडको ५ प्रतिशतले हुने आउने ५ करोड ७५ लाख रुपैयाँ कर सहितको नगद लाभांश स्वीकृत गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २५ गतेदेखी शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने भएको छ । जसअनुसार मंसिर २४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको नगद लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।
साथै कम्पनीले साधारण सभाबाट पारित नगद लाभांश शेयरधनीको बैंक खातामा नै पठाउनु हुनाले शेयर डिम्याट नगरेका शेयरधनीलाई डिम्याट गर्न तथा हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गर्न समेत अनुरोध गरेको छ । अघिल्ला वर्षहरूको लाभांश समेत शेयर रजिष्ट्रार सीबीआइएल क्यापिटलमा सम्पर्क गरि संकलन गर्न कम्पनीले भनेको छ ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ६० पैसा रहेको छ भने जगेडा कोषमा ११ करोड ३३ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ८५ पैसा कायम छ ।